काठमाडौं । खाना बनाउनका लागि प्याज र लसुनको प्रयोग अत्यधिक हुन्छ । प्रायः महिलाहरु यिनीहरुको बोक्रा फ्याँकिदिने गर्छन् । तर, लसुन र प्याजको बोक्रा स्वास्थ र सुन्दरताका लागि फाइदाजनक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
लसुन र प्याजको बोक्रा पनि पोषक तत्व, एन्टि–अक्सिडेन्ट्स र औषधीय गुणले भरिपूर्ण हुन्छ । त्यसैले यी बोक्राहरु स्वास्थ्य र सुन्दरतालाई यथावत राख्नका लागि प्रयोग गर्न सकिन्छ ।
स्वास्थ्यका लागि फाइदाजनक
कोलोन क्यान्सरबाट बचाउँछ
प्याज जस्तै यसको बोक्रा पनि पोषक तत्व र एन्टि अक्सिडेन्ट्स गुणले भरिपूर्ण भएकाले यसले कोलोन क्यान्सर (आन्द्रामा हुने क्यान्सर) बाट बचाउँछ । विशेषज्ञहरुका अनुसार प्याजको पानीको सेवन गर्नाले उक्त क्यान्सरबाट बच्न सकिन्छ ।
स्वाद बढाउन
भात पकाउँदा लसुनलाई बोक्रा ननिकालिकन चामलमा हालिदिनु पर्छ । भात पाकेपछि यसको बोक्रा निकालिदिनु पर्छ । यस्तो गर्नाले भात खाँदा भिन्दै र मिठो स्वाद आउँछ ।
सूप बनाउँदा
सूप बनाउँदा प्याज र लहसुनको बोक्रा धोएर हालिदिनु पर्छ । सूप तयार भएपछि छानेर सर्भ गर्नु पर्छ । यसो गर्दा लसुन र प्याजको बोक्राले स्वाद त बढाउछ नै, साथै शरीरलाई पनि पोषक तत्व प्राप्त हुन्छ ।
धूलो बनाएर प्रयोग
प्याज र लसुनको बोक्रालाई धोएर सफा गर्नु पर्छ । यसलाई भुटेर मिक्सरमा धूलो बनाउनु पर्छ । खाना बनाउँदा उक्त धूलोलाई प्रयोग गर्नु पर्छ । यसो गर्दा खानाको स्वाद दुई गुणा बढ्छ । उक्त धुलोलाई सलादमा पनि हाल्न सकिन्छ ।
मांसपेशिको ऐँठनमा राहत पाउन
प्याजको बोक्रामा भएको पोषक तत्वले मांसपेशिको ऐंठनलाई कम गर्न सहयाग गर्छ । त्यसका लागि प्याजमा एक कप पानी र प्याजको बोक्रा धोएर उमाल्नु पर्छ । उम्लिएको पानीलाई छानेर मन तातो बनाएर पिउनु पर्छ । यसो गर्दा मांसशपेशिको ऐंठनबाट आराम प्रँप्त हुन्छ ।
राम्रो निद्राका लागि
प्यानमा पानी, चियापति र केही प्याजका बोक्रा उमाल्नु पर्छ । यसलाई छान्निले छानेर चिया जस्तै सेवन गर्नाले दिमाग शान्त हुन्छ । यसको साथै राम्रो र गहिरो निद्रा लाग्छ ।
चिलाउने समस्याका लागि
प्याज र ससुनको बोक्रा पानीमा मिलाएर तातो बनाउनु पर्छ । त्यसपछि यसलाई पानीमा १० मिनेटसम्म खुट्टा डुबाउनु पर्छ । यसो गर्नाले खुट्टा पोल्ने, चिलाउने समस्याबाट छुटकारा प्राप्त हुन्छ ।
कपालका लागि
प्याजमा समावेश सल्फर कपालका लागि फाइदाजनक मानिन्छ । यसका लागि प्याजको बोक्रो ४ देखि ५ कप पानीमा उमाल्नु पर्छ ।तयार गरिएको मिश्रणले कपाल श्याम्पू गरेपछि धुनु पर्छ ।
प्रकाशित मितिः २०७८ साउन ३१ आइतबार
Comments