काठमाडौं । आलुले मधुमेह, मुटुरोग र मोटोपनको जोखिम बढाउने अध्ययनले देखाएको छ ।
हार्वर्ड मेडिकल स्कुलका वैज्ञानिकहरूका अनुसार आलुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । यसलाई सजिलै पचाउन सकिने कारण शरीरमा ब्लड सुगर लेभल छिटो बढ्ने र त्यसपछि समान रूपमा छिटो घट्ने हुन्छ । जुन शरीरका लागि हानिकारक हुन्छ ।
आलु जस्तै, जमिनमुनि उब्जिएका तरकारीहरूमा धेरै प्रकारका पोषक तत्वहरू पाइए पनि ती सबैमा कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ ।
यसबाहेक आलुसहित जमिनमुनि उब्जिएका तरकारीहरूमा कार्बोहाइड्रेटको उच्च मात्राको कारण उनीहरूको ग्लाइसेमिक इन्डेक्स जिआई पनि उच्च हुन्छ ।
वैज्ञानिकहरूका अनुसार आलु र रोगहरूको बीच सम्बन्ध बुझ्नका लागि २० वर्षसम्म अध्ययन गरिएको थियो । अनुसन्धानको क्रममा एक लाख २० हजार मानिस महिला र पुरुष दुवै को जीवनशैली र आहारको अनुगमन गरिएको थियो ।
अध्ययनले ग्लाइसेमिक इन्डेक्स उच्च हुनु रगतमा चिनीको स्तरलाई छिटो बढ्ने मुख्य कारण रहेको देखाएको छ । ग्लाइसेमिक इन्डेक्स उच्च भएका खानेकुरा खाएपछि रगतमा चिनीको मात्रा चाँडै बढ्न थाल्छ ।
यस्ता खाना खाएपछि मानिसलाई धेरै छिटो भोक लाग्छ । नतिजास्वरूप एक व्यक्तिले बारम्बार वा चाहिने भन्दा अधिक खान थाल्छ । जसकारण मोटोपन, मधुमेह र मुटुरोगको जोखिम बढ्ने अध्ययनमा उल्लेख गरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ साउन २८ बिहीबार
Comments