काठमाडौं । अदुवाको प्रयोग हरेक घरमा, हरेक भान्सामा गरिन्छ । अदुवा पितृदेवको पनि मनपर्ने खाद्य पदार्थ हो । श्राद्धमा यसको अचार बनाउँदा पितृदेव खुशी हुन्छन् भन्ने मान्यता छ ।
कहिलेकाहिँ हामी सस्तो अथवा राम्रो भएकाले ठूलो परिणामा अदुवा किन्ने गर्छौं । त्यसरी आवश्यकताभन्दा धेरै अदुवा किन्दा सबै प्रयोग नभएर अदुवा सुक्न थाल्छ । अदुवा सुकेपछि काम नलाग्ने भयो भने हामी त्यसलाई फ्याँक्छौं ।
आज हामी सुकेको अदुवालाई कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिँदैंछौ । सुकेको अदुवालाई मिक्सरमा पिसेर त्यसको धूलोलाई हावा नछिर्ने बट्टामा बन्द गरेर राख्न सकिन्छ ।
सुकेको अदुवाको धुलाले मसाला चियाको स्वाद बढाउँछ । एक चुट्की अदुवाको धुलो पानीमा उमालेर पिउँदा त्यसले पाचन प्रकृया सुर्धाछ ।
कुकीज, ब्रेड, क्यान्डी बनाउन पनि सुकेको अदुवाको धूलोको प्रयोग गरिन्छ । अदुवाको धूलोले कुनै पनि किसिमको ग्रेभी र तरकारीको स्वाद बढाउँछ ।
साकाहारी र मांशाहारी तन्दुरी दुबैलाई मेरीनेट गर्नमा पनि अदुवाको धूलोको प्रयोग गरिन्छ । अदुवाको धूलोलाई सोठ पनि भनिन्छ । तातो दूधमा यसलाई मिसाएर पिउनाले रुघा–खोकि, ज्वरो र अपचमा राहत प्राप्त हुन्छ ।
प्रकाशित मितिः २०७८ साउन २७ बुधबार
Comments