काठमाडौं । कोभिडले शुक्राणुको गुणस्तर बिगार्न तथा पुरुषमा प्रजनन क्षमता घटाउन सक्ने अध्ययनले देखाएको छ ।
कोरोना भइरसको सङ्क्रमणका कारण शुक्राणुको कोष मर्ने, इन्फ्लामेसन हुने, शरीरमा तनाब बढी हुने हुन्छ । जर्नल रिप्रोडक्सनमा प्रकाशित अध्ययनले कोभिड १९ का कारणले पुरुष प्रजनन प्रणालीलाई लक्षित गरी बिगार्नसक्ने पहिलो प्रयोगात्मक प्रमाण प्रदान गरेको छ । अघिल्लो अध्ययनले देखाएअनुसार कोभिड १९ले पुरुष प्रजनन अङ्गलाई सङ्क्रमित गर्ने, शुक्राणु कोशिकाको विकासलाई बिगार्ने, हर्मोन अनियन्त्रित गर्न पनि सक्छ ।
त्यस्तै, भाइरसले फोक्सोको टिसुहरूमा पुग्न प्रयोग गर्ने रिसेप्टर्स सङ्क्रमितको अण्डकोषमा पनि पाइन्छ । जर्मनीको जस्टस लाइबिग विश्वविद्यालयका बहाजाद हाजिजादेह मालेकी र बख्तियार टार्बियनले प्रजनन क्षमतामा नकारात्मक असर पार्नसक्ने जैविक मार्करहरूको खोजी गरेका थिए । कोभिड भएका ८४ पुरुषमा ६० दिनका लागि १०–१० दिनको अन्तरालमा गरिएको विश्लेषणलाई एक सय पाँच स्वस्थ पुरुषको डाटासँग तुलना गरिएको थियो ।
कोभिडका बिरामीमा, शुक्राणु कोशिकामा इन्फ्लामेसन र तनावको मार्करमा वृद्धि देखाएको थियो जसले शरीरमा डिएनए र प्रोटिनलाई बिगार्न सक्छ । शुक्राणु कोशिकामा देखिने यी प्रभावले शुक्राणु गुणस्तर कम गर्ने तथा प्रजनन क्षमता घटाउनेसँग सम्बन्धित छन् । यस्ता प्रभाव कोभिडका बिरामीमा उल्लेखनीय र असामान्य रूपमा बढिरहे पनि समयसँगै सुधार हुन थाल्छन् ।
कोभिड १९ ले भाइरसका कारण मात्र प्रजनन क्षमतामा असर पु¥याइरहेको छ भनेर दाबीका साथ भन्न नसकिने अन्य विज्ञहरूले उक्त अनुसन्धानमा टिप्पणी दिएका छन् । टाइम्स अफ इन्डिया
प्रकाशित मितिः २०७८ असार ०१ मंगलबार
Comments