काठमाडौं । अकबरे खुर्सानी नेपालमा खेती गरिने एक प्रकारको खुर्सानीको प्रकार हो । नेपालका प्राय सबै भू -भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ। नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ।
नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरूमा निर्यात हुँदै आएको छ। साथै यो खुर्सानी ग्यास्ट्रिक तथा चिसो लागेका मानिसहरुको लागि औषधिको रूपमा पनि प्रयोग हुदै आएको पाइन्छ।
अकबरे खुर्सानीको फाइदा
पेन किलरको काम गर्ने – अकबरे खुर्सानी पेन किलरको काम गर्दछ। यसको तापले पेट दुख्ने समस्या तथा पेट भित्र भएका अन्य समस्याका लागि एक किसिमको दुखाइ मार्ने काम गर्दछ।
प्रतिरक्षा प्रणालीलाई मद्दत् गर्ने – अकबरे खुर्सानीमा पाइने प्रचुर मात्रामा भिटामिन सी र बीटा क्यारोटीन पाइन्छ। यसका साथै अकबरे खुर्सानीमा एन्टी ब्याक्टेरियल तथा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ, जसले गर्दा मानिसको प्रतिरक्षा प्रणालीलाई सुधार गर्दछ।
पाचन प्रणाली तथा ग्यास्ट्रिकका बिरामीका लागि फाइदाजनक – नेपाली समाजमा अकबरे खुर्सानीलाई ग्यास्ट्रिकका बिरामी तथा पाचन प्रणाली औषधिको प्रयोग गरिने गरेको छ। यसमा पाइने विभिन्न गुणकारी तत्वले खाना छिट्टै पचाउन र पेटका अन्य समस्यामा पनि फाइदा पुर्याउँदछ। यसैगरी, यसले आँखा तथा तथा छालाको समस्या भएका मानिसलाई फाइदाजनक हुन्छ।
प्रोस्टेट क्यान्सरका लागि प्रभावकारी – पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक शोधका अनुसार खानामा अकबरे खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । अकबरे खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्दछ।
मधुमेहः अकबरे खुर्सानीले रगतमा भएको चिनीको मात्रालाई पनि कम गर्न मद्दत गर्दछ। यसमा पाइने गुणकारी तत्वले मधुमेहको जोखिमलाई कम गर्छ।
प्रकाशित मितिः २०७८ बैशाख १४ मंगलबार
Comments