काठमाडौं । अमेरिकी सरकारले अमेरिकी ‘चिप्स’ निर्माता कम्पनीहरुलाई चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेलाई चिप्स बिक्री गर्न पाउने लाइसेन्स खारेज गरेको छ ।
अमेरिकी कम्पनी इन्टेलले बनाएको चिप्सको माध्यमबाट हुवावेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधासहितको कम्प्यूटर सार्वजनिक गरेपछि अमेरिकी सरकारले सो निर्णय लिएको हुनसक्ने बीबीसीले जनाएको छ ।
चिनियाँ सेनासँगको सम्बन्ध रहेको भन्दै सन् २०१९ देखि अमेरिकाले अमेरिकी टेक्नोलोजी कम्पनीहरुलाई हुवावेलाई चिप्स उपलब्ध गराउन रोक लगाउँदे आएको छ । गत महिना हुवावेले मेटबुक एक्स प्रो कम्प्यूटर सार्वजनिक गरेपछि अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेन प्रशासनको आलोचना गरेका थिए ।
प्रकाशित मितिः २०८१ बैशाख २६ बुधबार
Comments