काठमाडौं । नेपाली बजारमा सामसङ एस २४ अल्ट्राको नयाँ कलर भेरियन्ट आएको छ । कम्पनीले हालै टाइटानियम एल्लो कलरको (१२+५१२ जीबी) मोडेल विस्तार गरेको हो । कम्पनीले एस २४ अल्ट्रामा अहिलेसम्मकै शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ जेन थ्री समावेश गरेको छ । त्यस्तै गेमिङका लागि हार्डवेयर तथा सफ्टवेयरमा सुधार गरिएको छ ।
यो मोडेलमा गेम खेल्ने प्रयोगकर्ताका लागि अप्टिमल थर्मल कन्ट्रोल सिस्टम समावेश छ । भ्यापर च्याम्बरको तुलनामा यो सिस्टम १.९ गुणा ठूलो भएको कम्पनीको भनाइ छ । ६.८ इन्चको डिस्प्ले सहित फ्ल्याट स्क्रिनमा उपलब्ध यो मोडेल (१२+५१२ जीबी) को नेपाली बजारमा मूल्य मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
एप्पलको आईफोन १५ जस्तै यो सिरिजको फोन टाइटानियम धातुले बनेको छ । एआई फिचरले चर्चित सामसङ ग्यालेक्सी एस२४ सिरिजको चर्चा विश्वव्यापी रूपमा भइरहेको छ । विशेषगरी इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसन जस्ता सुविधा यसमा छन् ।
ग्राहकले टाइटानियम एल्लो कलर भेरियन्टको ग्यालेक्सी एस२४ अल्ट्रा खरिद गर्दा ३२९९ मूल्य पर्ने पहेँलो सिलिकन केस निःशुल्क पाउनेछन् । यो अफर ३१ मे २०२४ सम्म मान्य हुनेछ । साथै सामसङको इन्स्टा फाइनान्स सेवा अन्तर्गत देशभरका आधिकारिक स्टोरहरूबाट शुन्य प्रतिशत ब्याज दरमा किस्ताबन्दीमा फोन किन्न सकिने सुविधा पनि छ ।
प्रकाशित मितिः २०८१ बैशाख ०५ बुधबार
Comments