काठमाडौं । काठमाडौं उपत्यकामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ७ , ललितपुरमा ८ र काठमाडौंमा ४४ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ३ हजार २ सय ६ , भक्तपुरमा ९ हजार ३ सय ५४ र ललितपुरका १६ हजार ३ सय १ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २८ हजार ८ सय ६१ जना पुगेको छ ।
गत २४ घण्टामा ३ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख २७ हजार ५ सय ४७ पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार रहेको छ । त्यस्तै, यो अवधिमा ५२ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ६ सय १० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८ दशमलव ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ चैत्र ०५ बिहिबार
Comments