काठमाडौं । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ हजार १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित १ सय ७ जना थपिएका छन् । आज ५२ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७५ हजार ६ सय २५ संक्रमित भएपनि २ लाख ७१ हजार ६ सय १० जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १ हजार जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा १०७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख २७ हजार ५ सय ४७ पुगेको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५२ रहेको छ ।
प्रकाशित मितिः २०७७ चैत्र ०५ बिहिबार
Comments