काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख २७ हजार ५ सय ४७ पुगेको छ। गत २४ घण्टामा थप १ जना कारोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१५ पुगेको छ । हाल ५२ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ६ सय १० जना पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ९८ दशमलब ५४ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
प्रकाशित मितिः २०७७ चैत्र ०५ बिहिबार
Comments