काठमाडौँ । गत पुस ५ गते रोकिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन आयोगले जानाएको छ ।
१६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो ।
निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् ।
प्रकाशित मितिः २०७७ चैत्र ५ बिहीबार
Comments