काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ५४ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा २ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख २४ हजार २ सय ९३ पुगेको छ। गत २४ घण्टामा कुनै पनि कारोना संक्रमितको मृत्यु भएको छैन । हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१४ पुगेको छ । हाल ४९ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ५ सय ५० जना पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ९८ दशमलब ५७ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
प्रकाशित मितिः २०७७ चैत्र ४ बुधबार
Comments