काठमाडौं । काठमाडौं उपत्यकामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ३ , ललितपुरमा ४ र काठमाडौंमा १९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ३ हजार २३ , भक्तपुरमा ९ हजार ३ सय २९ र ललितपुरका १६ हजार २ सय ४७ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २८ हजार ५ सय ९९ जना पुगेको छ ।
गत २४ घण्टामा २ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १० हजार ४ सय ३४ पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय २९ रहेको छ । त्यस्तै, यो अवधिमा ६१ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८ दशमलव ५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन २८ शुक्रबार
Comments