काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ४८ जना थपिएका छन् । आज ६१ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७५ हजार १ सय १८ संक्रमित भएपनि २ लाख ७१ हजार १ सय ७७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ सय २९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप २ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गरेसंगै आजसम्म २२ लाख १० हजार ४ सय ३४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको संख्या ५१ रहेको छ ।
प्रकाशित मितिः २०७७ फागुन २८ शुक्रबार
Comments