काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय २९ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा २ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १० हजार ४ सय ३४ पुगेको छ। गत २४ घण्टामा कुनै कारोना संक्रमितको मृत्यु भएको छैन । हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ । हाल ५१ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ६१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार १ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म ९८ दशमलब ५७ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
प्रकाशित मितिः २०७७ फागुन २८ शुक्रबार
Comments