काठमाडौं । काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ४ , ललितपुरमा ४ र काठमाडौंमा ३६ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख ३ हजार ४ , भक्तपुरमा ९ हजार ३ सय २६ र ललितपुरका १६ हजार २ सय ४३ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २८ हजार ५ सय ७३ जना पुगेको छ ।
गत २४ घण्टामा ४ हजार ४ सय ८४ जनाको पिसिआर परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ७ हजार ९ सय २२ पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ४२ रहेको छ । त्यस्तै, यो अवधिमा ६६ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार १ सय १६ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८ दशमलव ५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ फागुन २७ बिहीबार
Comments