काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा नयाँ संक्रमित ९७ जना थपिएका छन् । आज ६६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७५ हजार ७० संक्रमित भएपनि २ लाख ७१ हजार १ सय १६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ सय ४२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ४ हजार ४ सय ८४ जनाको पिसिआर परीक्षण गरेसंगै आजसम्म २२ लाख ७ हजार ९ सय २२ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको संख्या ५९ रहेको छ ।
प्रकाशित मितिः २०७७ फागुन २७ बिहीबार
Comments