भक्तपुर । आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत कटौती हुँदैछ ।
मर्मतसम्भारको काम गर्न पर्ने भएकाले आज काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ठाउँमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
भक्तपुरको इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडरमा पर्ने वीर नेक कलेज नजिकै ट्रान्सफर्मर जडानलगायतको काम गर्नुपर्ने भएकाले १० बजेदेखि विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
Comments