काठमाडौं, ५ माघ । आजबाट राजधानीमा तीन दिने अन्तराष्टिय प्रहरी संगठन इन्टरपोलको एसिय प्रशान्त क्षेत्रीय सम्मेलन सुरु हुदैछ ।
करिब २७ वर्ष पछि राजधानीमा हुन लागेको सम्मेलन होटल ह्यात रेजेन्सीमा हुने छ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका केही गृहमन्त्री र ५५ देशका प्रहरी प्रमुख सहित २ सय ५० जना भन्दा बढीको सहभागिता हुने बताइएको छ ।
उक्त सम्मेलनमा मानव बेचविखन, बालबालिका विरुद्ध हुने अपराध, सीमा सुरक्षा व्यवस्थपन, सम्मावर्ती अपराधहरु, अन्तराष्टिय आतंकवाद, सइबर अपराध, वन्यजन्तु लगायतका विषयमा छलफल हुने छ । सम्मेलनमा छलफल गरिने मुख्य एजेन्डाहरु इन्टरपोलका महासचिवले तय गर्ने व्यवस्था रहेको छ ।
इन्टरपोलको सम्मेलन आजबाट राजधानीमा हुदै
0
Share.
Comments