काठमाडौं । एसएसपीको मिठाईमा नङ भेटिएपछि प्रहरीले आँगन स्विट्समा छापा मारेको छ । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा भएका एक अधिकृतले पदोन्नतीको सिफारिस भएको खुशीमा मिठाइ बाड्न आँगनबाट किनेका थिए।
उनले किनेको मिठाईमा अखाद्य बस्तु नङ भेटिएपछि मंगलवार नै प्रहरीले आँगन स्वीट्सको कमलपोखरी शाखामा छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए । त्यस्तै, प्रहरीले आँगनका एक जना कर्मचारीलाई नियन्त्रणमा लिई आँगनमा मुचुल्का समेत उठाइसकेको छ।
प्रकाशित मितिः २०७७ पौष १४ मंगलबार
Comments