काठमाडौं । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहेन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशका अधिकांश क्षेत्रमा मौसम सफा नै रहने भएको हो ।
अहिले देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराई भू–भागमा हुसु र कुहिरो लागेको छ । मंगलबार दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। राति सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
प्रकाशित मितिः २०७७ पौष १४ मंगलबार
Comments