काठमाडौं । आज र भोलि काठमाडौँका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बालाजु सबस्टेशनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले यस सबस्टेशनबाट वितरित क्षेत्रमा आज र भोलि बत्ती जाने जानकारी दिएको हो ।
आज बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र भोलि दिउँसो १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार बालाजु औधोगिक क्षेत्र १, बालाजु औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
प्रकाशित मितिः २०७७ पुस ३ शुक्रबार
Comments