काठमाडौं । देशभर हाल ३ सय ४० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८१ जना आइसियु र ५९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २५ आइसियु र ७ भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ११ आइसियु र २७ भेन्टिलेटरमा, गण्डकीमा ८२ आइसियु र १२ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४० आइसियु र ४ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा ६ जना आइसियु र ५ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ६ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ४८ थियो।
प्रकाशित मितिः २०७७ पौष ०२ बिहिबार
Comments