काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५०० जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै २ लाख ३५ हजार ७३१ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५०० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर २८ आइतबार
Comments