काठमाडौं । हरेक हप्तामा २ दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । समितिले बिहीवार एक प्रतिवेदन सार्वजनिक गर्दै बिदाबारे जानकारी गराएको हो ।
हप्तामा २ दिन सार्वजनिक बिदा दिने विषयमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । समितिले आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व समेत वृद्धि हुने तथा सरकारी खर्च कटौतीमा सहयोग पुग्ने बताउँदै २ दिन बिदा दिन सिफारिस गरेको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘हप्तामा २ दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने देखिएको छ ।’
प्रतिवेदन :
प्रकाशित मितिः २०७७ मंसिर २५ बिहिबार
Comments