भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ५१ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ६१ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका १० जना, भक्तपुर नगरपालिकाका ६ जना, मध्यपुर थिमी नगरपालिकाका २५ जना, सुर्यविनायक नगरपालिकाका १८ जना तथा सम्पर्क हुन नसकेका २ जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ७ हजार ९७६ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या ६ हजार ९१६ जना रहेका छन् भने सक्रिय संक्रमित ९५५ जना रहेका छन् ।
यस्तै, जिल्लामा ३७ जना महिला र ६८ जना पुरुष गरी कूल १०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर ११ शुक्रबार
Comments