काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ९४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४१० जना महिला र ५३७ पुरुष गरी कूल ९४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ६९२ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा १९० जनामा संक्रमण देखिएको हो । यसैगरी, हालसम्म काठमाडौंमा ३३१ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७ हजार ७४४, भक्तपुरमा ६०८ र ललितपुरमा १ हजार ५८९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७६ हजार ४४२ जना, भक्तपुरमा ६ हजार ८९३ जना र ललितपुरमा १० हजार ८९७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म काठमाडौंमा ८४ हजार ५१७ जना, भक्तपुरमा ७ हजार ५८८ जना र ललितपुरमा १२ हजार ५७७ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर ०९ मंगलबार
Comments