काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ४१५ जना महिला र ५४२ पुरुष गरी कूल ९५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ७३३ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा १३१ जनामा संक्रमण देखिएको हो । यसैगरी, हालसम्म काठमाडौंमा ३२१ जना, भक्तपुरमा ८४ जना र ललितपुरमा ९० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ८ हजार ८६९, भक्तपुरमा ७०८ र ललितपुरमा १ हजार ६८५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ७३ हजार ८५६ जना, भक्तपुरमा ६ हजार ६४६ जना र ललितपुरमा १० हजार ४६९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रकाशित मितिः २०७७ मंसिर ०७ आइतबार
Comments