काठमाडौं। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
झापाको मेचीनगर–४ बाहुनडाँगीका वर्षीय पुरुषको उपचारका क्रममा आइतबार विहान १ बजे मृत्यु भएको हो । पछिल्लो रोगबारे प्रष्ट जानकारी नआएको जनाउँदै प्रतिष्ठानले बिरामी पुरुषमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
त्यसपछि बिरामीको स्वास्थ्य अवस्थामा समस्या भएपछि थप उपचारका क्रममा उनलाई मंसिर ३ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएको एक सातापछि मृत्यु भएका संक्रमितको शव व्यवस्थापन कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ ।
हालसम्म प्रतिष्ठानमा उपचाररत एक सय नौ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मितिः २०७७ मंसिर ०७ आइतबार
Comments