काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा पाँच लाख ६७ हजार १८८ कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा कोभिड १९ का कारण आठ हजार ८५२ जनाको ज्यान गएको छ।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या पाँच करोड ८४ लाख ६६ हजार १८३ पुगेको छ। संक्रमित भएका मध्ये १३ लाख ८५ हजार ७०८ जनाको मृत्यु भएको छ।
अहिलेसम्म चार करोड चार लाख ५१ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्। अहिले विश्वमा एक करोड ६६ लाख २८ हजार ७०० सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख दुई हजार ३६९ जना गम्भीर बिरामी छन्।
प्रकाशित मितिः २०७७ मंसिर ०७ आइतबार
Comments