काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा थप ४५ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा त्यहाँ ४९९ जनाले ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ।
भारतमा ८५ लाख २० हजार ३९ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ चार लाख ४२ हजार ६०६ सक्रिय संक्रमित छन्। ठ हजार ९४४ जना गम्भीर बिरामी छन्।
प्रकाशित मितिः २०७७ मंसिर ०७ आइतबार
Comments