काठमाडौँ । अमेरिकामा एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा शनिबार भने सर्वाधिक संख्या २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७२ हजार ८३९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २४ लाख ५० हजार ६६६ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ३ हजार ८४७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ४७ लाख ८५ हजार २९ जनामध्ये २२ हजार ९२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ६१ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १४६० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ६१ हजार ७९० पुगेको छ ।
प्रकाशित मितिः २०७७ मंसिर ०७ आइतबार
Comments