बुटवल । बुटवल प्रहरीले दुर्लभ संरक्षित वन्यजन्तु बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान साढे १० बजेतिर बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट उनीहरूलाई बाघको छालासहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा गुल्मीको दरबार गाउँपालिका वडा नं। ४ को २२ वर्षीय विमल मगर, २४ वर्षीय संजिव पेमी, १८ वर्षीय विशाल रानामगर र बुटवल ७ को ३० वर्षीय विष्णु प्रसाद भट्टराई छन्।
उनीहरूको साथबाट प्रहरीले ६ फिट लम्बाई र एक फिट ३ ईन्च चौडाई भएको एक थान बाघको छाला बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीले जानकारी दिए।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालयको हिरासतमा लिई थप अनुसन्धान सुरू गरिएको प्रहरी निरीक्षक चुंदालीले जानकारी दिए।
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments