धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मृत फेला परेका छन् । वडाध्यक्ष कृष्ण बहादुर रोकायाको शव सोही वडास्थित किसान मध्यवर्ती वनभित्र रुखमा झुण्डिएको अवस्थामा प्रहरीले फेला परेका हुन् ।
५५ वर्षीय रोकायाको शव घर भन्दा करिब एक किलोमिटर टाढाको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए। वडाध्यक्ष रोकायाको शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार वडाध्यक्ष रोकाया शुक्रबार बिहान ७ बजेतिर घरबाट निस्किएका थिए । घरबाट निस्किएका वडाध्यक्ष रोकायालाई बिहान साढे १० बजे मृत भेटिएको डीएसपी थापाले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments