सप्तरी । सप्तरीकी कोरोना भाइरस संक्रमित महिलाको धरानमा मृत्यु भएको छ । धरानमा रहेको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको बिहीबार राति निधन भएको हो ।
अस्पतालका अनुसार उनी बिहीबार मात्र अस्पताल भर्ना भएकी थिइन् । उनी बोदेबर्साइन ३ की ७१ वर्षीया महिला हुन् । उनलाई बिहीबार नै कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मितिः २०७७ मंसिर ०५ शुक्रबार
Comments