काठमाडौं । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ७७ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ९५ जना भेन्टिलेटरमा र ३ सय ८२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७१ जना आइसियु र ६० जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६१ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४६ जना आइसियु र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदूरपश्चिममा १५ आइसियुमा, गण्डकी प्रदेशमा ६९ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।
यसअघि मंगलबार ५ सय, सोमबार ४९४, आइतबार ४८०, शनिबार ४४१ जना आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।
नेपालमा २ लाख २ हजार ३ सय २९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ६२ हजार २ सय ४३ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार १ सय ४८ जनाको मृत्यु भएको छ।
प्रकाशित मितिः २०७७ कार्तिक २६ बुधबार
Comments