भक्तपुर । जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि सुर्यबिनायक नगरपालिका वडा नं. ८ को वडा कार्यालयबाट अत्यावश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।
जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवाहरु बन्द गरिएको बारेमा वडा कार्यालयले सूचना जारी गरेको छ ।
कोरोना भाइरसको कारणले दिन प्रतिदिन संक्रमितहरुको संख्या बढ्दै गएको र यस वडाका जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएकोले वडाबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखि यस वडाबाट दिइने अत्यावश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवाहरु बन्द रहने वडाका का.व. अध्यक्ष एवं कार्यपालिका सदस्य तारा बस्नेतले जानकारी दिइन् ।
आजबाट कार्यालयबाट प्रदान गरिने अन्य सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।
सूचना:
प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार
Comments