काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९७ लाख ९४ हजार ७४१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ८२ हजार ४९९ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ३२ लाख ७२ हजार ४६२ जनामध्ये १७ हजार ९०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघेको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १५२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ७८० पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक २० बिहिबार
Comments