ओखलढुंगा । ओखलढुंगा र सुनसरीबाट जबरजस्ती करणी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाबाट ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–३ सार्की गाउँ बस्ने २२ वर्षीय सुशिल सार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सार्कीले ती महिलालाई सोही ठाउँस्थित लिब्जु न्यूस्टार युवा क्लवको भवन आँगनमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, सुनसरीबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–१८ घर भएका २२ वर्षीय टेक नारायण चौधरी लगायत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती बालिकालाई धरान उपमहानगरपालिका–१० पुतली लाईन रमाईलो चोकस्थित निर्माणाधिन भवनमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार
Comments