दैलेख । सोमबार खाना खाएर १० बजे बाख्रा चराउन घरबाट हिँडेपछि हराएकी एक युवतीको दुई दिनपछि शव फेला परेको छ । डुङ्गेश्वर गाउँपालिका–६ लटालीको २१ बर्षिय सुनिता विक शव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मंगलबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । श्रीमानसँगको सम्बन्ध राम्रो नभएकाले ६ महिनादेखि माइती घरमा बस्दै आएकी तथ्य जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
‘घरबाट हिँडेकी नआएपछि परिवारले खोजी गर्दा मंगलबार जंगलमा मृत अवस्थामा शव भेटिएको हो । मृत अवस्थामा शव फेला परेपछि मात्रै परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।
मृतकका टाउको अगाडि र पछाडीको भागमा चोट लागेकोले आफन्तले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।महिलाको शव पोष्ट मार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ । आज नै पोष्ट मार्टम गरिने प्रहरीले जनाएको छ । यो घटना शंकास्पद भएको कारण प्रहरीले गम्भीर रुपमा थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले आवश्यक सोधपुछका लागि श्रीमान्लाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार
Comments