बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीका ८५ वर्षीय व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा। राजेन्द्र खनालले जानकारी दिए ।
गुल्मीको दरबार गाउँपालिका–६ ती व्यक्तिको बुधबार बिहान मृत्यु भएको हो । कात्तिक १३ गते कोरोना पोजिटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १९ बुधबार
Comments