पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पोखरा महानगरपालिका– ५ निवासी ५९ वर्षीया महिलाको सोमबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्राडा अर्जुन आचार्यले जानकारी दिए।
उनी कात्तिक १४ गते कोरोना संक्रमण भई अस्पतालको आइसियुमा भर्ना भएकी थिइन्। अस्पतालका अनुसार उनको माइट्रल भल्भ फेरिएको थियो।
प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार
Comments