काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप पाँच हजार ७८ जनाले ज्यान गुमाउन पुगेका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज मंगलबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख १० हजार ३९४ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २।५५ प्रतिशत हो। हालसम्म विश्वभर चार करोड ७२ लाख ८७ हजार ४५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये ७१।८६ प्रतिशत अर्थात् तीन करोड ३९ लाख ८४ हजार ४६६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड २० लाख ९२ हजार ५९५ जना हाल उपचाररत रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ३६ हजार ९३८ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ४६३ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६० हजार २५३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २३ हजार १३९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९१ हजार ८९५, बेलायतमा ४६ हजार ८५३, इटलीमा ३९ हजार ५९, फ्रान्समा ३७ हजार ४३५, स्पेनमा ३६ हजार २५७, इरानमा ३५ हजार ७३८, पेरूमा ३४ हजार ५८५, कोलम्बियामा ३१ हजार ६७०, अर्जेन्टिनामा ३१ हजार १४० तथा रसियामा २८ हजार ४७३ जनाको मृत्यु भएको तथ्यांक छ।
प्रकाशित मितिः २०७७ कार्तिक १८ मंगलबार
Comments