सल्यान । सल्यानमा चुरोटबाट सल्किएको आगोले एक महिलाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका– २ मैसेपानी निवासी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राति खाना खाएर सुत्ने बेला चुरोट खाएर ननिभाएपछि महिला निदाएको र त्यसैबाट सुतेको आच्छ्यानमा आगो सल्किँदा महिला को ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिए ।
पतिको केही वर्ष अघि निधन भएको र महिलाका २ छोरा रहेपनि हाल एक वैदेशिक रोजगारीमा तेस्रो मुलुकमा र अर्को छोरा नेपालन्जमा रहेकाले घरमा एक्लै बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।
घटना रातिको भए पनि छिमेकीले बिहान थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए । खबर पाए लगतै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का उठाइ शवको पोष्टमार्टम समेत भइसकेको प्रहरी प्रवक्ता वलीले जानकारी दिए ।
प्रकाशित मितिः २०७७ कार्तिक १७ सोमबार
Comments