भक्तपुर । सशस्त्र प्रहरी बल गुहेश्वरी गण दु्वाकोटका २० प्रहरी सहित भक्तपुरमा आज ५० जनामा संक्रमण पुष्टि भएको छ ।
जस मध्य चाँगु नारायण नगरपालिका अन्र्तगत सशस्त्र गुहेश्वरी गणका २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
मिजाकार अनुसार मध्यपुर थिमिमा पन्ध्र जना , भक्तपुर नगरपालिकाका ८ जना , सूर्यबिनायक नगरपालिकाकाा पाँच जना गरि जम्म ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
उनले भने आइसोलेसनमा बसेको दुई जनाको पुन परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएकाले आज भक्तपुरमा संक्रमितको संख्या पचास पुगेको हो ।
संक्रमित मध्य पुरुषको संख्या ३९ र महिलाको संख्या ११ रहेको मिजारले जानकारी दिए । उनले भने भक्तपुरमा ७६ बर्षिय एक बृद्धको कोराना संक्रमणका कारण मृत्यु भएको र उनको सम्पूर्ण बिबरण आउन बाँकिरहेको छ ।
उनका अनुसार भक्तपुरका चारवटा नगरपालिकामा देखा परेका संक्रमितहरुको रुजु गर्ने काम भइरहेको छ । रुजु सकिएपछि संक्रमितहरुलाई आइसोलेसनमा लैजाने र कन्ट्याक टे«सिङको जिम्मा स्थानिय तहलाई दिएकाले संक्रमितको तथ्य ठेगान आउन बाँकि रहेको उनले बताए ।
प्रकाशित मितिः २०७७ भदौ ६ शनिबार
Comments