काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ ।
नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ५१९ जनाको पीसीआर परीक्षण गरिएकोमा ६३४ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनका अनुसार क्वारेन्टिनमा ११ हजार ६५८ जना र आइसोलेसनमा १२ हजार ६२१ जना रहेको प्रा डा गौतमले जानकारी दिए । डिस्चार्ज हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ ।
प्रकाशित मितिः २०७७ भदौ ६ शनिबार
Comments