काठमाठौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ३० हजार ४८३ जना पुगेको छ ।
नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका ४ जना, उदयपुरका २ जना, झापाका ७ जना, ताप्लेजुङका एकजना, पाँचथरका एकजना, मोरङका ४५ जना र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३ जना, पर्साका ८० जना, बाराका ४० जना, रौतहटका ११ जना, सप्तरीका ५ जना, सर्लाहीका २४ जना र सिराहाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १४२ जना, चितवनका २३ जना, दोलखाका एकजना, धादिङका एकजना, नुवाकोटका २ जना, भक्तपुरका १५ जना, मकवानपुरका ३२ जना, रसुवाका एजकना, ललितपुरका २५ जना र सिन्धुलीका ८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका एकजना, नवलपरासी पूर्वका १९, पर्वतका एकजना, मनाङका २ जना, बाग्लुङका ३ जना, स्याङ्जाका एकजनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाचीका एकजना, कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका ४ जना, पाल्पाका एकजना, प्युठानका ६ जना, बर्दियाका ६ जना, बाँकेका २० जना, रुपन्देहीका १७ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जुम्लाका ५३ जना, दैलेखका एकजना,रुकुमपश्चिमका ३ जना रहेका छन् ।
यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ३८ जना, कंचनपुरका १४ जना, कैलालीका ८५ जना, डडेल्धुरका २ जना, डोटीका ३४ र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएकोमा ८३८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनका अनुसार क्वारेन्टिनमा १२ हजार २३४ जना र आइसोलेसनमा १२ हजार १३२ जना रहेको प्रा.डा. गौतमले जानकारी दिए ।
डिस्चार्ज हुनेको कुल संख्या १८ हजार २१४ पुगेको छ ।
प्रकाशित मितिः २०७७ भदौ ५ शुक्रबार
Comments