काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट एक महिला र १० पुरुषको मृत्यु भएको हो ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका एकरएक जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ भदौ ५ शुक्रबार
Comments