भक्तपुर । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको तथ्यांकमा भक्तपुर जिल्लाबाट ८ जना रहेका छन् ।
भक्तपुरमा आज देखिएका संक्रमितमा ६ जना मध्यपुर थिमी नगरपालिका र २ जना सुर्यविनायक नगरपालिकाका रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिएका छन ।
उनका अनुसार मध्यपुर थिमीका ४०, ४५, ५४ र ३३ वर्षीय पुरुष तथा २७ र ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, सुर्यविनायकका सुन्दर बस्ती र बालकोटका का २८-२८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मितिः २०७७ भदौ ४ बिहिबार
Comments