काठमाठौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २९ हजार ६४५ जना पुगेको छ ।
नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ८३२ जनाको पीसीआर परीक्षण गरिएकोमा ७०७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनका अनुसार क्वारेन्टिनमा ११ हजार ७६८ जना र आइसोलेसनमा ११ हजार ५५५ जना रहेको प्राडा गौतमले जानकारी दिए ।
डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ९६४ पुगेको छ ।
प्रकाशित मितिः २०७७ भदौ ४ बिहिबार
Comments